भारतमा कोभिड–१९ बाट एकैदिन एक लाख ३४ हजार संक्रमित, २८ सयको मृत्यु

person explore access_timeजेठ २०, २०७८ chat_bubble_outline0

भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप एक लाख ३४ हजार संक्रमित भएका छन् । यो सहित भारतमा हालसम्म दुई करोड ८४ लाख ४१ हजार व्यक्ति कोरोना संक्रमित भइसकेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

भारतमा पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या ८० हजार २३२ ले कमी आएको छ । हाल सक्रिय संक्रमितको संख्या १७ लाख १३ हजार रहेको छ । पछिल्ला केही दिनदेखि दैनिक सक्रिय संक्रमितको संख्या ६.२१ प्रतिशतले कमी आएको मन्त्रालयको भनाई छ ।

कोभिड–१९ बाट संक्रमितमध्ये २४ घण्टाको अवधिमा थप दुई हजार ८८७ व्यक्तिको मृत्यु भएको छ । योसहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख ३७ हजार ९८९ पुगेको छ ।  यसैबीच, दैनिक संक्रमितको संख्याभन्दा निको हुने दर पनि २१ दिनदेखि निरन्तर बढेको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख ११ हजार ४९९ व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म दुई करोड ६३ लाख ९० हजार व्यक्ति संक्रमणमुक्त भइसकेका छन् । निको हुने दर ९२.७९ प्रतिशत रहेको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । 

परिषदका अनुसार देशभर ३५ करोड ३७ लाख ८२ हजार नमुना परीक्षण गरिएको छ भने बुधबार एकै दिन २१ लाख ५९ हजार नमुना परीक्षण गरिएको छ ।  मन्त्रालयका अनुसार भारतमा हालसम्म २२ करोड १० लाख ४३ हजार डोज खोप लगाइएको छ ।

कोभिड–१९ को पछिल्लो अवस्था

कोरोनाभाइरस महामारीका कारण बिहीबार अपरान्हसम्म ३७ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोभिडबाट सबैभन्दा बढी संयुक्तराज्य अमेरिकामा छ लाख ११ हजार व्यक्तिको ज्यान गएको छ । 

दोस्रो स्थानमा रहेको ब्राजिलमा चार लाख ६७ हजार, भारतमा तीन लाख ३८ हजार, मेक्सिकोमा दुई लाख २८ हजार, पेरुमा एक लाख ८४ हजार, बेलायतमा एक लाख २७ हजार, इटालीमा एक लाख २६ हजार, रसियामा एक लाख २२ हजार, फ्रान्समा एक लाख ९ हजार, कोलोम्बियामा ८९ हजारको मृत्यु भएको छ । 

विश्वभर १७ करोड २४ लाखभन्दा बढी व्यक्ति कोभिड–१९ बाट संक्रमित भएकामध्ये १५ करोड ५० लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । संक्रमित व्यक्तिमध्ये करिब ९० हजार व्यक्तिको स्वास्थ्य अवस्था जटिल रहेको छ । 

विश्वभर करिब एक अर्ब ९८ करोड डोज खोप लगाइएको छ जसमा चीनमा गरिएको खोप अभियान समेटिएको छैन । सिन्ह्वाका अनुसार चीनमा बुधबारसम्ममा ७० करोडभन्दा बढी डोज खोप लगाइएको छ । –एएनआई
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।