मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा लकडाउनमा काम नपाउँदा अभिनेत्री बने यौनकर्मी, प्रहरीद्वारा पक्राउ

बिहीबार, २० जेठ २०७८, १७ : २१
बिहीबार, २० जेठ २०७८

भारतमा बुधबार दिउँसो  एक घरमा छापामारीको क्रममा प्रहरीले सेक्स -याकेटको पर्दाफास गरेको छ । भारतको ठाणे क्राइम ब्रान्च युनिट १ को टीमले अनुसन्धान गर्दा दुई महिला एजेन्ट र एक पुरुष दलालसमेत पाँचजनालाई पक्राउ गरेको छ । सोधपुछ गर्दा उनीहरुले लकडाउनका काम नपाएका कारण वेश्यावृत्तिको काम सुरु गरेको प्रहरीलाई बताए ।

स्रोतका अनुसार पक्राउ परेका दुई अभिनेत्रीले लकडाउनका कारण काम नपाएका कारण उनीहरुलाई आर्थिक अभाव भएको र केही सीप नलागेर यो पेशालाई अपनाउन बाध्य भएका हुन् ।

जानकारीमा दिइए अनुसार दुबै अभिनेत्री मुम्बईमा एउटा ठूलो सेक्स र्‍याकेट एजेन्टको सम्पर्कमा थिए । तर वेश्यावृत्तिका लागि उनीहरुले ठाणे शहरलाई छाने किनभने त्यहाँ प्रहरीको खासै डर थिएन । तरपनि उनीहरुलाई प्रहरीले पक्राउ गर्यो । दलालले ग्राहकसँग एक रातको लाखौं रकम असुल गरेको पनि भारतीय सञ्चार माध्यमले बताएको छ ।

छापामारीको क्रममा प्रहरीले दुई अभिनेत्रीसमेत दुई महिला एजेन्ट र एक पुरुष दलालसमेत पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले यसलाई हाई प्रोफाइल सेक्स र्‍याकेट बताएको छ र यसबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताएको छ । पक्राउ परेका मानिसहरुसँग सोधपुछ गरिँदैछ र यससँग सम्बन्धित थप मानिसहरुमाझ प्रहरी अब पुग्ने प्रयास गरिरहेको छ ।

पक्राउ परेपछि यी दुई अभिनेत्रीले प्रहरीसँगको कुराकानीमा आफूहरुसँग काम नभएका कारण पैसा पनि नभएको र कसैले केही मद्दत पनि नगरेका कारण बाध्यतामा यस्तो पेशा गर्नुपरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप