शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निकिताले गरिन् चलचित्र प्राविधिकलाई सहयोग

शुक्रबार, २१ जेठ २०७८, १४ : ०९
शुक्रबार, २१ जेठ २०७८

काठमाडौंँ । आर्थिक चपेटामा रहेका चलचित्र प्राविधिकहरूलाई  चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा फिल्म निर्मात्री निकिता पौडेलले खाद्यान्न सहयोग गरेका छन् ।  बिहीवार निकिताले आफ्नै सक्रियतामा १८ जना प्राविधिकलाई खाद्यान्न सामाग्री बाँडेकी हुन् । खाद्यान्न वितरणपछि पौडेलले प्राविधिकलाई सबैले सकेको सहयोग गर्न आग्रह समेत गरेकी थिइन् ।

निकिताले प्राविधिकका लागि राहत दिएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । उनले  निकिताले १८ प्राविधिकलाई सहयोग गरेको धन्यवाद समेत दिएका छन् ।
केही दिन अगाडि अभिनेत्री करिश्मा मानन्धर, कलाकार तथा क्याप्टेन विजय लामा, अभिनेत्री सुमिना घिमिरेले पनि प्राविधिकहरूलाई खाद्यान्न सहयोग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप