क्यान्सरको उपचारका बीच पहिलो पटक देखिइन् किरण खेर
क्यान्सरको उपचार बीच अभिनेत्री किरण खेरलाई पहिलो पटक भिडियोमा देखिएको छ । उनी पहिलाभन्दा कमजोर देखिएकी छिन् । उनको छोरा सिकन्दरले सेयर गरेको भिडियोमा उनको झलक देखिएको छ । आमासँग कुरा गर्दै गर्दा उनी बीचमा अचम्मित पनि परेका छन् । आखिर किरण खेरले त्यस्तो के भनिन् ?
किरण खेर पछिल्लो ६ महिनादेखि ब्लड क्यान्सरको उपचार गराइरहेकी छिन् । रोगबारे पत्ता लागेको र उपचार सुरु गराएपछि एक भिडियोमार्फत् उनलाई एक झलक देख्न पाइएको छ ।
वास्तवमा हालै, किरण र अनुपम खेरका छोरा सिकन्दर खेरले इन्स्टाग्राममा लाइभ सेसन गरे । र प्रशंसकसँग कुराकानी गरिराख्दा उनले आफ्ना आमा र बुवाको झलक प्रशंसकलाई देखाए । भिडियोमा किरण खेर काउचमा बसिरहेको देख्न सकिन्छ । उनको बायाँ हातमा पट्टी बाँधिएको देखिएको छ । यद्यपि, उनी पहिलेको भन्दा थोरै कमजोर देखिएकी छिन् । तर किरणको अनुहारबाट मुस्कान भने हटेको छैन ।
सिकन्दरले लाइभ सेसन सुरु गर्ने बित्तिकै त्यतिबेला किरण खेरले उनको विवाहको कुरा गरिन् । जब किरणले सिकन्दरलाई ‘अब त तिम्रो उमेर ४१ पुग्न लाग्यो’ भनिन् तब उनले चकित पर्दै आँखा ठूलो पारे र कुरालाई अन्तै मोड्दै प्रशंसकसँग कुरा गर्न थाले ।
सिकन्दरले कुरा गर्दै मोबाइल आफ्नो बुवा अनुपम खेर भएठाउँ पुर्याए त्यहाँ अनुपमले आफू सुप खाइरहेको बताए । सिकन्दरले सुरुमा आमालाई देखाउन चाहेका थिएनन् तर किरण खेर आफैंले देखिन चाहेको बताएपछि उनले क्यामरा आमा भएठाउँ फर्काए । किरणले आफ्नो सबैलाई प्रार्थना र प्रेमका लागि धन्यवाद दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको पैसा घरजग्गा र कम्पनीमा, बचतकर्ताको करोडौँ पैसा कसले फिर्ता गर्ने ?
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?