सुनसरीमा एक साताका लागि निषेधाज्ञा थप

person explore access_timeजेठ २१, २०७८ chat_bubble_outline0

सुनसरी प्रशासनले कोरोना संक्रमणको दर बढिरहेको निष्कर्ष निकाल्दै पुनः एक साताको लागि निषेधाज्ञा थप गरेको छ।  जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरेको हो । यसअघि थपिएको निषेधाज्ञाको अवधि भोलि राती १२ बजे सकिन लागेपछि आज प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले थप एक साताको लागि निषेधाज्ञा अवधि बढाएका हुन् । प्रजिअ ढकालले निषेधाज्ञा थप गर्नुअघि जिल्लाको डिसिसिएमसी बैठक बसेको थियो । 


खाद्यान्न तथा तरकारी पसलहरूलाई केही खुकुलो बनाउने अपेक्षा गरिए पनि प्रशासनले निषेधाज्ञा अवधिभर कुनै पनि पसलहरु खोल्न नदिने निर्णय गरेको छ । डिसिसिएमसी बैठकमा आमन्त्रित रुपमा बोलाइएको स्थानीय तहका प्रमुखहरुले पसलहरु खुलाउन नमानेको सहायक प्रजिअ महेश पोखरेलले जानकारी दिए । उनले भने, ‘डिसिसिएमसी बैठकमा आमन्त्रित सदस्यको रुपमा आएका मेयर साबहरुले मान्नु भएन । अहिले जे छ, यसैलाई नै निरन्तरता गरौं भन्नुभयो । त्यसैले पसलहरु खुल्दैन ।’



सर्वसाधारणहरुलाई पनि औषधी खरीद र उपचारबाहेक घरबाट बाहिर निस्कन नदिने निर्णय भएको छ । तर, मजदुरहरुलाई भने निर्वाधरुपमा आवतजावत गर्न दिइने निर्णय भएको छ । कृषि तथा निर्माण मजदूरलाई स्वास्थ्य मापदण्ड पुरा गरेर आवतजावत गर्न दिने निर्णय भएको छ भने उद्योग तथा कलकारखानामा कार्यरत मजदुरहरुलाई बिहान ५ बदेखि ७ बजेसम्म र बेलुकी पनि ५ देखि ७ बजेसम्म हिड्न दिइने प्रशासनले जनाएको छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।