वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन, विश्वम्भर र हरिकृष्ण छुटे

प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा आइतबार सुनुवाइ हुँदै छ । यसका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा राणासहित दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् ।
संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा आइतबार सुनुवाई हुनेगरी इजलास स्थगित गरिएको थियो ।
विश्वम्भर र हरिकृष्ण छुटे
बरिष्ठताका आधारमा इजलास गठन गर्दा विश्वम्भर श्रेष्ठ र हरिकृष्ण कार्की भने छुटेका छन् ।
विश्वम्भर स्वास्थ्यका कारणले छुटेको स्रोतले बताएको छ । उनी पुस ५ मा संसद विघटन भएका बेला संवैधानिक इजलासमा सहभागी थिए ।
त्यस्तै बरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा बस्न अस्वीकार गरेका छन् । अघिल्लो संसद विघटनका बेलामा पनि स्वार्थ बाझिने भन्दै विरोध भएपछि कार्की आफैं पछि हटेका थिए ।
वरिष्ठताका रहेका श्रेष्ठ र कार्की इजलासमा नपरेपछि त्योभन्दा मुनिको वरियतामा रहेका ईश्वर खतिवडा र डा. आनन्दमोहन भट्टराई संवैधानिक इजलासमा छानिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुरामा एक बृद्धाले पाइन् उनान्नब्बे वर्षमा नागरिकता
-
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
-
जस्तो चुनौती आए पनि संविधानकै बाटोबाट समाधान खोज्नुपर्छ – सहरी विकासमन्त्री
-
नेपालको जलविद्युतमा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
-
आगामी बजेटबारे १६ मन्त्रालयसँग अर्थको छलफल, ३ करोडभन्दा कमको योजना समावेश नगर्न अनुरोध
-
पटक पटक पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा मन्त्रीलाई दोस्रो पटक स्पष्टीकरण