बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कविता : सुन्दर र हरियाली प्रकृति

आइतबार, २३ जेठ २०७८, १० : ३४
आइतबार, २३ जेठ २०७८

प्राणी निर्भर प्रकृतिमा 
प्रकृति निर्भर प्राणीमा ।

प्रकृतिमा बोटबिरुवा हराभरा 
प्रकृति हाम्रा लागि अमृत बराबर। 
 
प्राणी आश्रित बोटबिरुवामा 
बोटबिरुवा आश्रित प्राणीमा । 

प्रकृति हामीलाई दिन्छ गाँस, बास, कपास
हामी प्रकृतिलाई दिन्छौं बाँच्ने साथ । 

प्रकृतिले हामीलाई दिन्छ अक्सिजन 
हामीले प्रकृतिलाई दिन्छौं कार्बन डाइअक्साइड । 

त्यसैले हामी सबै जिम्मेवार बनौँ 
हाम्रो प्रकृतिलाई सुन्दर र हरियाली बनाऊँ। 

प्राणी आश्रित प्रकृतिमा 
प्रकृति आश्रित प्राणीमा । 

 प्रेजु नेपाली 
जेम्स स्कुल, कक्षा ८ 
धापाखेल ललितपुर 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप