मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘द भ्वाइस अफ नेपाल’मा कर्णराजको प्रवेश

आइतबार, २३ जेठ २०७८, ११ : ५०
आइतबार, २३ जेठ २०७८

 कोरोनाको कारण रोकिएको ‘द भ्वाइस अफ नेपाल ३’ फेरि सुरु भएको छ । शुक्रबारबाट कार्यक्रमको नकआउट चरणमा फेरि सुरु भएको हो ।
शुक्रबार प्रशारण भएको नकआउट चरणमा टिम तृष्णाबाट चर्चित गायक कर्णराज गिरी र टिम राजुबाट सोनाम शेर्पा लाइभ शोमा प्रवेश गरेका छन् । गिरीले यस अगाडि पनि शोमा प्रस्तुति दिइसकेका छन् ।

२ साता रोकिए पछि ‘द भ्वाइस अफ नेपाल ३’को फेरि सुरु भएको हो । दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा, तृष्णा गुरुङ शोको कोचमा रहेका छन् । कोच दीप श्रेष्ठ भने कोरोना संक्रमणको कारण अझै अस्पतालमै छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप