शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फैसलामा स्वार्थ किन बाझिँदैन भनेर लेखेर अगाडि बढौँ : पोखरेल

आइतबार, २३ जेठ २०७८, १६ : २३
आइतबार, २३ जेठ २०७८

अधिवक्ता सुनिल पोखरेलले यही इजलासलाई निरन्तरता दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्दै उनले यस्तो बताएका हुन् ।

‘यो इजलासलाई निरन्तरता दिऔँ । फैसलामा श्रीमान्हरूले हाम्रो स्वार्थ किन बाझिँदैन भनेर लेखेर अगाडि बढ्नुपर्छ’, उनले भने ।

यसअघि रिट निवेदकको तर्फबाट अधिवक्ता टीकाराम भट्टराई, बद्रीबहादुर कार्की, रमण श्रेष्ठ लगायतले बहस गर्दै न्यायालयको फैसलामा विश्वास छैन भनेर राजनीतिक दबाब दिन नमिल्ने बताएका छन् ।

प्रधानन्यायाधीशले गठन गरेको संवैधानिक इजलासको सरकारी पक्षका वकिलहरूले विरोध गरेपछि उनीहरुले यस्तो बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप