बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रवि रिमालको जनता समर्पित गीत ‘नेताज्यु तिमीलाई माझी औँला’

आइतबार, २३ जेठ २०७८, १९ : ४२
आइतबार, २३ जेठ २०७८

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारिको कारण देश विगत एक महिना लामो समयदेखि निषेधाज्ञामा छ । निषेधाज्ञाका कारण सर्वसाधारणमा विभिन्न असर परेको छ । रोगले मार्ने त एकातिर छँदैछ, भने भोकले मर्ने अवस्था समेत निम्तिने अवस्था छ ।

देशमा भने भ्रष्टाचार, महँगी लगायत दिन प्रतिदिन बढ्दो छ । यस्तै   राजनीतिक अवस्थालाई व्यङ्ग्य गर्दै गायक रवि रिमालले ‘नेताज्यु तिमीलाई माझी औँला’ बोलको बनाएका छन् । गीतमा उनलाई र्याप गायनमा आयुस प्रतिक अधिकारीले साथ दिएका छन् । गीतमा शब्द, संगीत, संगीत संयोजन तथा म्युजिक भिडियो निर्देशन गायक रिमालकै रहेको छ ।

सँधैजसो रोमान्टिक र डान्सिङ गीत गाएर दर्शक श्रोतालाई मनोरञ्जन दिंदै आएका गायक रिमालले यसपाली केही फरक गीत ल्याएका हुन् ।  गीतमा रोग, भोक अनि शोकमा डुबेका तीन करोड नेपालीको पीडा पनि छ । सुमनकुमार श्रेष्ठको छायाँकन रहेको भिडियोलाई फराज अर्पनले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप