शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्याब्सन, एनप्याब्सन र मिदास बीच सहकार्यः अब यी व्यक्तिले पाउनेछन् मेरो डाक्टर–अनलाइन भिडियो कन्सल्टेसन सेवा

आइतबार, २३ जेठ २०७८, २२ : २०
आइतबार, २३ जेठ २०७८

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्टिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले मिदास टेक्नोलोजीको सहकार्यमा कुनैपनि स्वास्थ्य परामर्श गर्न सक्ने व्यवस्था मिलाएको छ । 

विद्यालयका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरुलाई घरमा नै बसेर मेरो डाक्टर–अनलाइन भिडियो कन्सल्टेसन सर्भिस मार्फत कुनैपनि स्वास्थ्य परामर्श गर्न सक्ने व्यवस्था एक महिनाको लागि निःशुल्क मिलाइएको छ । 

मिदास टेक्नोलोजीले सञ्चालनमा ल्याएको मेरो डाक्टरमा २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु नियमित रुपमा भिडियोमार्फत परामर्श दिन उपलब्ध हुनेछन् ।  बिरामीहरुले मोबाइल अथवा ल्यापटप मार्फत् कुनै पनि समय र स्थानबाट मेरो डाक्टरमा उपलब्ध कुनै पनि डाक्टरहरूसँग समय लिई दोहोरो संवाद गरेर स्वास्थ्य परामर्श लिन सक्नेछन् ।

मेरो डाक्टरबाट सेवा कसरी लिने ?
-बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत कुनै पनि समय र स्थानबाट यो टेलिमेडिसिनको सेवा लिन सक्नेछन् ।
-यदि एन्ड्रोइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट मेरो डाक्टर एप डाउनलोड गर्न सकिन्छ । 
-इओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर मेरो डाक्टर एप डाउनलोड गर्न सकिन्छ । 
-ल्यापटप वा डेस्कटपबाट यो सेवा लिन चाहेमा मेरो डाक्टर डटकम टाइप गरेर यो सेवा लिन सकिन्छ ।
-मेरो डाक्टर कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा मेरो डाक्टर डटकम /हेल्प थप मद्दत गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप