घरजग्गा ब्यवसायी संघद्वारा अक्सिजन प्लान्टका लागि ३८ लाख सहयोग
हेटौँडा उपमहानगरपालिकाको समन्वयमा हेटौडा अस्पतालमा जडान भएको अक्सिजन प्लान्टको रकम मकवानपुर घरजग्गा ब्यवसायी संघले ब्यहोरेको छ । उनीहरुले सो प्लान्टका लागि ३८ लाख रूपैँया सहयोग छन् । उक्त रकम प्लान्ट खरिद गरेर ल्याउने दिपक खनाललाई संघका अध्यक्ष ध्रुव घिमिरेले हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले समस्यामा भएको अवस्थामा आफुहरुलाई सहयोग गरेको भन्दै संघको प्रशंसा गरे । हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने विषयमा आफु निकै चिन्तित रहेको र तत्कालै निर्माण गर्न सफल भएको भन्दै मेयर महतले आलोचनाबीच काम गर्नुपर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै मकवानपुर घरजग्गा ब्यवसायी संघका अध्यक्ष घिमिरेले हेटौँडामा अक्सिजनको अभावमा मानिसहरुको ज्यान जान नपरोस् भन्ने उदेश्यले सहयोगको हात अगाडी बढाएको बताए । कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाई लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते