शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञा लागू गर्दा रौतहटमा प्रहरी र स्थानीयबीच झडप, डीएसपीसहित ७ घाइते

सोमबार, २४ जेठ २०७८, १२ : १६
सोमबार, २४ जेठ २०७८

रौतहटको गरुडामा निषेधाज्ञाको कार्यान्वय गराउने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा डीएसपीसहित ७ जना प्रहरी घाइते भएका छन । रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर २ गेडहीगुठीमा प्रहरी र स्थानीयबीच झडप भएको हो ।

गेडहीगुठीमा  तीन ओटा विवाहमा भीडभाड गरी  डिजे बजाएर निषेधाज्ञाको अवज्ञा गर्दा प्रहरीहरूले हस्तक्षेप गर्दा प्रहरीमाथि ढुङ्गा प्रहार गरे पछि झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिद्धीविक्रम साहले बताए । झडपमा परी इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी द्वारिका घिमिरेसहित ७ जना प्रहरी घाइते भएका छन् ।

घाइते डीएसपीसहित प्रहरीहरुको स्थानीय गरुडास्थित ग्राण्डी सिटी अस्पतालमा उपचार भइरहेको एसपी साहले बताए। गत राति अन्दाजी ९ बजे भएको उक्त घटनामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटमा  जिल्ला प्रशासन कार्यालयले अगामी २६ गतेसम्म निषेधाज्ञा जारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप