बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पहेँलो दाँतलाई चम्किलो बनाउने ५ उपाय

सोमबार, २४ जेठ २०७८, १३ : ५६
सोमबार, २४ जेठ २०७८

सुन्दर, सेतो र चम्किलो दाँतले अनुहारको सुन्दरतालाई अझै बढाउँछ । दाँत पहेँलो भयो भने यसले सुन्दरतामा कमि ल्याउँछ । दाँत कमजोर भएमा वा कालो, पहेँलो देखिएमा बोल्न र हाँस्नमा पनि समस्या हुन आउँछ । दाँत सेतो र चम्किलो भएन भने लज्जाबोध पनि गर्नुपर्ने हुन्छ । दाँत पहेँलो भएको समयमा कसरी यसलाई सेतो र चम्किलो बनाउने त ? यसका लागि घरेलु उपायहरु पनि अवलम्बन गर्न सकिन्छ । 

१. तोरीको तेल र बिरे नुन 
तोरीको तेल र बिरे नुन मिसाएर दाँतमा लगाउँदा पहेँलोपन र पायरियाको समस्या कम हुन्छ । बिरे नुनमा एन्टिब्याक्टेरियल गुण पाइन्छ । साथै, यसमा आइरन, आयोडिन, फस्फोरस, पोटाािशयम, क्रोमियम, लिथियम, सोडियम र क्लोराइड जस्ता तत्वहरु पाइन्छन् । यसले मुख ताजा राख्ने काम गर्छ । 

२.तोरीको तेल र अंगार 
दाँतमा कालोपन र पहेँलोपन आएमा अंगार र तोरीको तेल मिसाएर दाँत माझ्ने गर्नुपर्छ । अंगारको सानो टुक्रा लिने र यसमा थोरै तोरीको तेल मिसाएर हल्का हल्का माझ्ने गर्दा दाँत सेतो हुँदै जान्छ । 

३.तोरीको तेल र बेसार 
बेसारमा ब्याक्टेरिया मार्ने शक्ति हुन्छ । बेसारको धुलोमा तोरीको तेल मिसाएर दाँतमा लगाउँदा पहेँलोपन हराउँदै जान्छ । 

४.तोरी तेल र मनतातो पानी 
तोरीको शुद्ध तेलमा केही थोपा तातो पानी हालेर दाँत माझ्ने गर्दा दाँतको पहेँलोपन हराउँदै जान्छ । यसको २ देखि ३ मिनेटसम्म मुख कुल्ला गर्दा गिजा, दाँतको दुखाई, पहेँलोपन र कमजोरी हराउँदै जान्छ । 

५.तोरीको तेल र बेकिन सोडा
तोरीको तेल र बेकिन सोडा मिसाएर कुल्ला गर्दा दाँत सफा हुन्छ । सोडालाई सोडियम कार्बोनेटको रुपमा पनि लिन सकिन्छ । धेरै समय सोडाको प्रयोग भने गर्न हुँदैन । हप्तामा १ वा २ पटक मात्रै यसको प्रयोग गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप