डीभी पाएर अमेरिका आएका नेपाली भरतराज ओलीको मृत्यु
डीभी चिट्ठाबाट अमेरिका आएका नेपाली मूलका भरतराज ओलीको अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा मस्तिष्क श्राव हुँदा मृत्यु भएको छ ।
गत जून ४ का दिन मस्तिकघात भएपछि उनलाई ड्युक विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो । ३४ वर्षीय ओलीलाई बचाउन शल्यक्रिया गरेता पनि उपचारकै क्रममा उनको आइतबार मृत्यु भएको हो ।
ओली सन् २०१० मा विविधता प्रवेशाज्ञा चिट्ठा (ईडिभी भिसा) मार्फत अमेरिका आएका थिए । उनी दाङ्गका हुन् । नेपालमा उनका आमा, पत्नी, २ वर्षका छोरा र दुई दिदीबहिनी छन् । नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाका अनुसार ओली परिवारमा आय आर्जन गर्ने उनी एक मात्र सदस्य थिए ।
उत्तर क्यारोलाइनाको सामुदायिक संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाको पहलमा उनको अन्त्येष्टि खर्च जुटाउन गो फण्ड सञ्चालनमा ल्याइएको छ ।
संस्थाले मृतक ओलीको दाह संस्कार तथा नेपालमा रहेका परिवारका लागि सहयोग गर्न गोफन्ड मी आह्वान गरेको हो । गो फन्डको लक्ष्य २५ हजार डलर राखिएको छ भने खाता सञ्चालनमा आएको १७ घण्टामा १९ हजार डलर संकलन भैसकेको संस्थाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा तीन जना मृत फेला
-
नेपाल लाइफको केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना
-
अवैध लागू औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
-
जापानी चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको हिप्पो पोथी निस्किएपछि...
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल
-
सुनिल नारिनले टी–२० विश्वकप खेल्न सन्न्यास फिर्ता नलिने