शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिवपुरी बाबाको स्वधर्म शिक्षा

मङ्गलबार, २५ जेठ २०७८, १० : ३७
मङ्गलबार, २५ जेठ २०७८

 शिवपुरी बाबा असाधारण सिद्धपुरुष मानिन्छन् । १३७ वर्ष बाँचेका यी सन्त पैदलै विश्व भ्रमण गर्ने साहसी व्यक्तित्वमा पनि पर्छन् । सर्वधर्मसमभावका अनुयायी बाबाको असली नाम गोविन्दानन्द भारती थियो । जीवनको उत्तरार्धमा ३८ वर्ष नेपालको शिवपुरीमा बिताएकाले उनलाई शिवपुरी बाबा भन्ने गरिएको हो । सन् १८२६ मा जन्मेर १९६३ मा मृत्यु भएका बाबाको स्वधर्म शिक्षा बढी महत्वपूर्ण मानिन्छ । उनको अन्तिम सन्देश पनि स्वधर्म पालन नै थियो । प्रस्तुत छ उनको स्वधर्म शिक्षासम्बन्धी केही सन्देश ।

१, एक टन सिद्धान्तभन्दा एक तोलाको अभ्यास बढी मूल्यवान हुन्छ । त्यसैले शिकाइ हमेशा अभ्यासात्मक बनाउने प्रयास गर्नुपर्छ, नकि सैद्धान्तिक ।   

२, सबैभन्दा ठूलो पाप भनेको कसैको मन तथा भावनामा चोट पु¥याउनु हो । 

३, कसैलाई तिरस्कार गर्नु र दीनदुःखीलाई हेला गर्नु पनि उत्तिकै ठूलो पाप हो ।

३, कसैलाई केही भन्नुछ भने अगाडि भन्नुपर्छ, पीठ पछाडि कुरा काट्नु हुँदैन । अन्यथा उसले गरेको पापको भागीदार बन्नुपर्ने हुन्छ ।  

४, सफलता असफलता तपशीलका कुरा हुन्, भई नै रहन्छ । त्यसैले त्यसलाई वास्ता नगरी निरन्तर सङ्घर्ष गरिरहनुपर्छ । यही नै स्वधर्म हो ।

५, सङ्घर्ष गर्दा पनि शतप्रतिशत सफल भइन्छ नै भन्ने हुँदैन । तथापि सङ्घर्ष गर्न भने छाड्नु हुँदैन । 

६, गल्ती लुकाउनु हुँदैन र गल्ती भयो भनेर लाज मान्नु पनि हुँदैन । बरु गल्ती स्वीकार गरी अरुलाई बताउने गर्नुपर्छ । यसबाट जीवनलाई सार्थक बनाउन मद्दत पुग्छ ।  

७, काममा बिघ्न वाधा परी नै हन्छ तर बिघ्न प¥यो भनेर कर्तव्य भुल्नुहुँदैन । हजारौँ बिघ्न परोस्, प्रगति होस् नहोस् पुरुषार्थ गर्न छाड्नु हुँदैन । 

८, भूल भयो भनेर डराउनुहुँदैन । भूलबाटै सिकिने हो भन्ने कुरालाई बिर्सनुहुन्न ।  

९, अरुलाई मद्दत गर्नु भनेको आफूले आफैँलाई गर्ने हो । जसले अरुलाई मद्दत गर्छ उसलाई भगवान्ले मद्दत गरिरहेका हुन्छन् । 

१०, जीवनमा सफलता असफलताको कुनै मूल्य छैन, मूल्य हुन्छ भने मात्र सङ्घर्षको हुन्छ । 

११, फेल हुनु पनि निरर्थक कुरा होइन, कम्तीमा यसले गल्ती देखाउने काम गरेको हुन्छ । 

१२, हमेशा अनावश्यक बोली, वचन र व्यवहारबाट टाडा रहने प्रयास गर्नुपर्छ । 

१३, दुःखको कारण दुषित मन हो त्यसैले त्यलाई नियन्त्रण गर्ने बानी बसाउनुपर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप