शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खाली अक्सिजन सिलिन्डर तत्काल भर्न मन्त्रालयको अनुरोध

मङ्गलबार, २५ जेठ २०७८, १४ : ४१
मङ्गलबार, २५ जेठ २०७८

सरकारले कोरोनाभाइरस (कोभिड—१९)को संक्रमण दर केही कम भएको जस्तो देखिएपनि जोखिम कायम रहेको जनाएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न तथा अक्सिजन सिलिण्डरहरु भर्न ट्यांकरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ । 

 मन्त्रालयले मंगलबार सूचना जारी गर्दै अक्सिजन भर्नुपर्ने सिलिण्डरहरु विभिन्न कारणले नागरिकका घर, टोलट र विभिन्न किसिमका आइसोलेसन सेन्टर तथा अस्पतालहरुमा पुगेको र ती सिलिण्डरहरु समयमै नसकिए भावी दिनमा समस्या उत्पन्न हुनसक्ने भएकाले तत्काल अक्सिजन उद्योगमा पु¥याउन आग्रह गरेको छ । 

तत्काल खाली सिलिण्डर उपलब्ध नगराएमा समग्र आपूर्ति प्रणालीमा समस्या पर्ने भन्दै  यथासक्य चाँडो अक्सिजन भर्न मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप