बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनको फुटबल जर्सीप्रति आपत्ति जनाउँदै युईएफएलाई रुसको पत्र

बुधबार, २६ जेठ २०७८, ११ : ०४
बुधबार, २६ जेठ २०७८

युक्रेनको युरोकप जर्सीमा प्रयोग गरिएको लोगोप्रति आपत्ति जनाउँदै रुसले युईएफएलाई पत्र लेखेको छ । रुसी फुटबल युनियनले युक्रेनले जर्सीमा राजनीति गर्न खोजेको र यो युईएफएको आधारभूत मान्यताविपरीत गरेको दाबी गरेको छ ।

यस जर्सीमा युक्रेनले आफ्नो नक्सा पनि छापेको छ, जसमा क्रिमिया पनि समावेश छ । सन् २०१४ मा विवादित भूमी क्रिमियालाई रुसले आफ्नो भूभागमा समाहित गरेको थियो । यद्यपी, अन्तर्राष्ट्रिय समुदायले अझै पनि क्रिमियालाई रुसी भूभाग मानिसकेको छैन ।

यस्तो युक्रेनले नयाँ जर्सी सार्वजनिक गरेसँगै युरोकपका दौरान फेरि क्रिमिया मुद्दा बल्झिएको छ । पहेंलो रंगको होम जर्सी र निलो रंगको अवे जर्सी दुबैमा सेतो धर्साले युक्रेनको नक्सा देखाइएको छ । यसमा क्रिमियासँगै डोनटस्क र लुहानस्कको भूभाग पनि समावेश छन्, जहाँका केही भूभाग रुसी पक्षधर विभाजनकारीको कब्जामा छन् ।

जर्सीको पछाडि ‘ग्लोरी टु युक्रेन’ र जर्सीको कलरभित्र ‘ग्लोरी टु हिरोज’ लेखिएको छ ।

युक्रेनमा दशकौं पहिले सोभियत विरोधी भावना पैदा गर्ने यो  नारा अहिले सैनाले आधिकारीक रुपमै अभिवादन गर्नका लागि प्रयोग गर्न थालेको छ । ‘युक्रेनको नक्साले खेलाडीहरुलाई शक्ति दिनेछ भन्ने हामीलाई विश्वास छ किनकी उनीहरु सबै युक्रेनीका लागि लड्दैछन्,’ युक्रेन फुटबल एशोसियसन (युएएफ) का प्रमुख आन्द्री पाभाल्कोले भने ।

यता रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले किटमा रुसको क्रिमियालाइ युक्रेनले आफ्नो नक्सामा समावेश गरेको भन्दै आपत्ति जनाएकी छिन् । उनले असंभव कुरामा दुविधा सिर्जना गर्न खोजिएको बताइन् । युक्रेनको यस राष्ट्रवादी नाराले नाजीको ¥यालीको चिच्याहट सुनाएको पनि उनले दाबी गरिन् । रुसी सांसद् दिमिट्री सिभ्सचेभले यो जर्सी पूर्णत असान्दर्भिक रहेको भन्दै कडा कदम चाल्न युईएफएसँग माग गरे ।

कोभिड १९ का कारण एक वर्षपछि धकेलिएको युरोकप ११ जुनदेखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यस प्रतियोगिताअन्तर्गतका खेलहरु युरोपका ११ शहरका रंगशालामा हुनेछन् । जसअन्तर्गत, रुसको सेन्ट पिटर्सवर्ग शहरमा क्वाटरफाइनल खेल आयोजना हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप