३६ वर्षकी भइन् सोनम, यस्तो छ उनको फिल्मी करियर
मुम्बई । बलिउड अभिनेत्री सोनम कपुर आज आफ्नो ३६ औं जन्मदिन मनाउँदैछिन् । डेब्यु फिल्मबाट असफलता हात पारेकी सोनमलाई त्यसपछिको फिल्मबाट भने सफलता मिलेको थियो । ९ जुन १९८५ मा जन्मिएकी सोनम अनिल कपुर र सुनिताकी छोरी हुन् । सोनमले बलिउड डेब्यु सञ्जय लीला भंसालीको फिल्म ‘सांवरिया’ बाट गरेकी थिइन् । जुन फिल्म २००७ मा रिलिज भएको थियो । फिल्मका लागि उनले आफ्नो तौल ३० केजी घटाएकी थिइन् । फिल्म अभिनय अगाडि उनले सिंगापुरबाट अभिनय कोर्स पनि पुरा गरेकी थिइन् । सो समय उनको तौल ८६ किलो रहेको थियो ।
सहायक निर्देशक सोनम
अभिनयमा डेब्यु पूर्व सोनमले संजय लीला भंसालीको फिल्म ‘ब्लैंक’ मा असिस्टेन्ट निर्देशकको रुपमा काम गरेकी थिइन् । कामको सिलसिलमै भंसालीले उनलाई आफ्नो अर्काे फिल्म ‘सांवरिया’ मा अभिनय गराउने इच्छा जाएर गरेका थिए ।
‘आइ हेट लभ स्टोरी’ बाट हिट
२००९ मा राकेश ओमप्रकाश मेहराको फिल्म ‘दिल्ली ६’ मा उनी अभिषेक बच्चनका साथ देखिएकी थिइन् । २०१० मा प्रदर्शनमा आएको रोमान्टिक कमेडी फिल्म ‘आइ हेट लव स्टोरी’ बाट भने उनलाई बलिउडमा चर्चा मिल्यो । २०१३ मा उनको फिल्म ‘राझणा’, ‘२०१४ मा ‘भाग मिल्खा भाग’ दर्शकले निकै रुचाएका थिए । त्यसपछि सोनमले ‘खुबसुरत’, ‘आयशा’, ‘थैंक युु’, ‘प्लेयर्स’, ‘पे्रम रतन धन पायो’ लगायत फिल्म अभिनय गरेकी छन् ।
आनन्द आहुजासँग विवाह
सोनमले २०१८ मा बिजनेस म्यान आनन्द आहुजासँग प्रेम विवाह गरेकी हुन् । उनले एक अन्तवार्ताका क्रममा प्रेमको बिषयमा बताएकी थिइन् ‘मेरो साथी मलाई आनन्दको बेष्ट फ्रेण्डसँग सेट गर्न चाहान्थ्यो । यसकै सिलसिलामा आनन्दसँग भेट भयो । पहिलो पटक आनन्दसँग भेटेको समय म फिल्म ‘प्रेम रतन धन पायो’ को प्रमोसनमा ब्यस्त थिए । त्यसपछि कयौं उतार चढावका बावजुद हामी नजिक भयौँ र हामीले विवाह गर्यौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी
-
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
-
नेपालले सातौँ विकेट गुमायो, दुई रन बनाउँदै आउट भए सोमपाल
-
अर्धशतक बनाउँदै आउट भए सन्दीप जोरा