‘कोरोनाको तेस्रो लहरमा बालबालिका प्रभावित हुन्छन् भन्ने कुराको प्रमाण छैन’
अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)का निर्देशकले कोरोनाको अर्को लहरमा बालबालिका प्रभावित हुन्छन् भन्ने कुराको हालसम्म कुनै प्रमाण फेला नपरेको बताएका छन् ।
एम्सका निर्देशक डाक्टर रणदीप गुलेरियाले कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका ६०–७० प्रतिशत बालबालिकामा अन्य रोग पनि भएको र अन्य समस्या नभएका बालबालिका हल्का लक्षणसहित घरमा नै निको भएको बताए ।
डाक्टर गुलेरियाले भने, ‘मलाई लाग्दैन कि हामीले भविष्यमा बालबालिकामा अत्यधिक गम्भीर संक्रमण देख्नेछौं ।’
‘पूरा विश्वमा वा भारतमा बालबालिका अत्यधिक प्रभावित भएका देखिएको छैन । दोस्रो लहरका बेला पाइएको डाटामार्फत् पनि थाहा हुन्छ कि संक्रमित भएका धेरैजसो बालबालिकामा हल्का लक्षण देखियो जबकी जसलाई अन्य गम्भीर रोग लागेको थियो उनीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको थियो, ’ उनले भने ।
उनका अनुसार कोरोनाको नयाँ लहर देखिएका संसारका अन्य हिस्सामा पनि बालबालिका गम्भीर रुपमा प्रभावित भएको आँकडा देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)