बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो

बुधबार, २६ जेठ २०७८, १३ : ०५
बुधबार, २६ जेठ २०७८

रौतहट ।  रौतहटमा जेठ ३१  गते रातिसम्म का लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज एक सूचना जारी गरी अगामी जेठ  ३१ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी  गरेको हो । जिल्ला प्रशासन कार्यालय गौरमा बुधबार सम्पन्न  बैठकले आज राती १२ बजेदेखि लागू हुने  गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लामा कोरोना संक्रमणको नयाँ भेरियन्टको जोखिम रहेकाले निषेधाज्ञालाई  निरन्तरता दिइएको जानकारी दिए । निषेधाज्ञा अवधिमा  बैंक तथा वित्तीय संस्था, खाद्य सामाग्री, किराना, फलफुल, तरकारीका पसलहरु हप्ताको ४ दिन (आइतवार, मंगलवार, बिहीवार र शुक्रवार मात्र सञ्चालन गर्न पाइने जनाइएको त्यस्तै होटल तथा रेस्टुरेन्टहरुले होम डेलभरीमार्फत मात्र व्यवसाय सञ्चालन गर्न पाउने जनाइएको छ । अत्यावश्यक सूचीमा रहेका एम्बुलेन्स, खानेपानी, इन्धन, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारीलाई भने सञ्चालन गर्न अनुमति दिइनेछ ।

त्यसैगरी बैंक तथा वित्तिय संस्था, दुरसंचार, विद्युत, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाक सेवा, लगायतका ढुवानी तथा यातायातका साधन समेत विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।  जीमखाना,पार्लर, शैक्षिक संस्था, ट्युसन सेन्टरहरु पूर्णरुपमा बन्द गराउन निर्देशन दिईएको यादवले बताए  । सरकारी कार्यालयको हकमा अत्यावश्यक सेवा बाहेकका काम कार्यालयले आलोपालो गरी सुचारु गर्ने भनिएको छ ।   विवाहमा बढीमा १५ जना जन्ती जान पाइने र दुईवटा गाडी प्रयोग गर्न पाइनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप