शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोरखामा पाँच स्थानीय तहलाई ६ एम्बुलेन्स हस्तान्तरण

बुधबार, २६ जेठ २०७८, २२ : ३३
बुधबार, २६ जेठ २०७८

गोरखाका विभिन्न ५ वटा स्थानीय तहहरूलाई कोरोना सङ्क्रमण विरुद्ध जुध्न सहयोग पु¥याउने उद्देश्यले ६ वटा एम्बुलेन्स सहितका स्वास्थ्य सामग्री आज प्रदान गरिएको छ । सम्भव छ नेपाल नामक संस्थाले स्थानीय तहहरूलाई एम्बुलेन्स सहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

जिल्लाको आरुघाट गाउँपालिका घर भइ पर्यटन व्यवसाय गर्दै आउनु भएका संस्थाका अध्यक्ष प्रेमकुमार खत्रीले उक्त सामग्री खरिद गरी जिल्लाका स्थानीय तहहरूलाई उपलब्ध गराएका हुन् ।   गोरखा नगरपालिकालाई दुई, धार्चे गाउँपालिका, भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकालाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

संस्थाले जिल्ला विभिन्न अन्य स्थानीय तहहरूका लागि एम्बुलेन्स समेत गरी करिब १ करोड रुपैया बराबर सामग्री प्रदान गरेको संस्थाका अध्यक्ष खत्रीले जानकारी दिए । त्यस्तै संस्थाले कोरोना संक्रमणका विरुद्ध लड्न सहयोग पुर्याउन ६ थान अक्सिजन सिलिन्डर, ६ सय थान एन्टिजेन किट, १२ सय थान भिटिएम र ८ सय लिटर सेनिटाइजर पनि स्थानीय तहलाई उपलब्ध गराएको छ ।

त्यस्तै ५६ हजार सर्जिकल मास्क, १ सय थान अक्सिमिटर लगायत पिपिई सेट, फेससिल्ड पनि स्थानीय तहलाई प्रदान गरिएको उहाँले बताउनुभयो । गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स एउटा रु १२ लाख रुपैंयामा खरिद गरिएको संस्थाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप