शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजेश हमालले धरहरामा काटे जन्मदिनको केक

बिहीबार, २७ जेठ २०७८, १२ : ०५
बिहीबार, २७ जेठ २०७८

काठमाडौँ । नेपाली फिल्मका महानायक अभिनेता राजेश हमाल आफ्नो जन्मदिन अक्सर बिशेष तरिकाले मनाउने गरेका छन् । बुधबार परेको जन्मदिन पनि उनले झण्डै आधा दर्जन बढी केक काट्दै बिशेष तरिकाले मनाएका हुन् ।

ती मध्ये सबैभन्दा विशेष भने हालै निर्माण सम्पन्न भएको नवनिर्मित धरहराको बार्दलीको केक रहेको छ । हमालले धरहराबाट वरिपरिको दृश्यावलोकन गर्दै सबैभन्दा माथिल्लो तलाको बार्दलीमा केक काटेका छन् ।

हमालले धरहरा निर्माणका लागि दिनरात काम गरिरहेका मजदुरहरुको हौसला बढाउने उदेश्यले जन्मदिनको केक धरहरामा पनि काटेका हुन् । धरहराको टुप्पोमा केक काट्दा हमाल पत्नी मधु भट्टराई पनि सँगै रहेकी छिन् ।

जसको जानकारी फिल्म कर्मी तथा हमालका नजिकका साथी शिवराज कार्कीले सामाजिक संजालमा एक भिडियो सार्वजनिक गर्दै गराएका हुन् । कार्कीले भिडियोका साथ लेखेका छन् ‘धरहरामा काम गर्ने मजदुरहरुको हौसला बढाउन महानायक ज्युले आफ्नो जन्मदिन धरहरामा केक काटेर मनाउँदै ।’

अनुहारमा मास्क र फेसशिल्डसहित बिहानै मन्दिर दर्शन गरेपछि हमालले जन्मदिन पारेर केही राहत समेत बाँडेका छन् । 

हमालले बुधबार राती भने केही आफन्तहरुसंँग घरमै केक काटेर जन्मदिनको खुसी साटेका छन् । जसको भिडियो समेत उनले सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप