महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट
विश्वव्यापी रूपमा फैलिरहेको कोभिड–१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण बीमितहरुले बीमाशुल्क किस्ता समयमा तिर्न नसकेको अहिलेको अवस्थामा कम्पनीले यस्तो अफर ल्याएको हो ।
कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुन नसकेको कारण तिर्न असमर्थ छन्। आम बीमितहरुको यहि समस्यालाई विचार गरी राहत स्वरूप ज्येष्ठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
२०७८ आषाढ मसान्त भित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई ३ महिना सम्म १००%, ३ महिना माथि (६ महिना सम्म)को लाई ७५% र ६ महिना भन्दा माथि ५०% सम्मको विलम्ब शुल्क छुट दिने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ