शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लगातार दोस्रो दिन पनि नेप्सेमा गिरावट, वाणिज्य बैंकलाई पछि पार्दै विकास बैंक

बिहीबार, २७ जेठ २०७८, १५ : ३४
बिहीबार, २७ जेठ २०७८

बिहीबार नेप्से परिसूचकमा १.८० अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.८० अंकले घटेर २९४४.७८ विन्दुमा झरेको हो । यो दोस्रो दिनको लगातारको गिरावट हो ।
गत मंगलबार एकै ५३ अंकले वृद्धि भएको बजारमा गत बुधबार १३.५६ अंकको गिरावट आएको थियो । 

त्यसो त आज नेप्सेमा सामान्य गिरावट आएपनि यता क वर्गका सेन्सेटिभ इन्डेक्स भने बढेको छ । नेप्सेका अनुसार यस दिन सेन्सेटिभ इन्डेक्स २.५९ अंकले बढेर ५२७.८७ विन्दुमा पुगेको हो ।
आज कुल २२० कम्पनीका ३ करोड ६ लाख ६ हजार २६४४ कित्ता सेयर १ लाख ५५ हजार ६९० पटक किनबेच हुँदा कुल १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रुपैयाँको कारोबार भएको छ । 

यस दिन विकास बैंक समूह धनात्मक हुँदा वाणिज्य बैंकहरु ऋणात्मक भएका छन् भने होटल तथा पर्यटन, व्यापार, जीवन बीमा, निर्जीवन बीमा लगायत अन्य समूह ऋणात्मक रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप