शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाठ्यपुस्तक अभाव नहुने, बिक्री वितरणमा भने समस्या

बिहीबार, २७ जेठ २०७८, १५ : ४८
बिहीबार, २७ जेठ २०७८

शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बताएको छ । 
शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तकहरू छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयसम्म पुगिसकेकाले छिट्टै पाठ्यपुस्तक विद्यार्थीहरुको हात हातमा पुग्ने जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिल कुमार झाले बताए । 

झाले पाठ्यपुस्तक छपाइको काम सम्पन्न भइसकेको जानकारी दिए ।  प्रादेशिक कार्यालयहरूबाट जनक शिक्षा सामग्री केन्द्रमा सुचीकृत १२ सय पुस्तक विक्रेताहरुले देशभरका विद्यालयमा पु¥याउने उनले बताए । देशभर निषेधाज्ञा भएको अवस्थामा विक्रेताहरु प्रादेशिक कार्यालयमा आएर पाठ्यपुस्तक लैजान नसकेका कारण विक्रि वितरणमा भने समस्या भएको प्रमुख झाले बताए । यद्यपी असारको पहिलो सातासम्ममा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने उनले बताए । उनले भने, ‘जुन गतिले वितरण हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । कोभिड–१९ को निषेधाज्ञाका कारण पुस्तक पसलहरु खुलेको छैन । पुस्तक व्यवसायीलाई प्रादेशिक कार्यालयमा आउन समस्या भएको छ । १ हप्तादेखि विक्रि वितरण भइरहेको छ । जेष्ठ मसान्तसम्म धेरै ठाउँमा पाठ्यपुस्तक पु¥याइसक्छौँ । असारको पहिलो हप्ता सम्म देशभर विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्छ ।’

यस वर्ष कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक १ करोड ७० थान उत्पादन गरी प्रदेश कार्यालयहरूमा पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । विराटनगरमा २३ लाख २ हजार ५२० थान, जनकपुरमा १४ लाख २० हजार ३३ थान, भरतपुरमा १७ लाख ४७ हजार ४५५ थान, बुटवलमा १२ लाख ७९ हजार ४०६ थान, पोखरामा १२ लाख ७३ हजार ११ थान, सुर्खेतमा ११ लाख २१ हजार ९०६ थान, नेपालगञ्जमा १७ लाख ४७ हजार ८३९ थान, धनगढीमा २६ लाख ६५ हजार ५७८ थान र केन्द्रीय कार्यालयमा ३५ लाख २४ हजार ५० थान पाठ्यपुस्तक मौज्दात रहेको जनक शिक्षा सामग्री केन्द्रले जानकारी दिएको छ । केन्द्रले पाठ्यपुस्तक बाहेक अन्य विभिन्न निकायको पुस्तकपनि छापिरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप