सेती अस्पतालमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, २७ जेठ २०७८, १६ : ४६
कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा १ सय ७९ नमुनाको परीक्षण गर्दा ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । हालसम्म सो अस्पतालमा १ सय ७९ जनाको मृत्यु भइसकेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
अस्पतालका अनुसार अहिले आईसीयुमा ९ र भेन्टीलेटरमा २ जना रहेको श्रेष्ठले बताए । उनले पछिल्लो २४ घण्टामा ९ जना नयाँ बिरामी अस्पताल भर्ना भएको जानकारी दिए । त्यसमध्ये ४ जना निको भएका ३ जनाको संक्रमणबाट मृत्यु भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै