बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री थापाको मुद्दाको टुंगो नलागेसम्म संसदमा उपस्थित नहुने सहमति, कर्णाली प्रदेशसभाको बैठक सुचारु

बिहीबार, २७ जेठ २०७८, १८ : ४०
बिहीबार, २७ जेठ २०७८

तीन दिनदेखि अवरुद्ध कर्णाली प्रदेशसभाको बैठक आजबाट सुचारु भएको छ । सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेशसभाको बैठक सुचारु  भएको हो ।

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा दलहरुबीच विवादित मन्त्री अम्मर थापाको मुद्धाको टुंगो नलागुन्जेलसम्म संसदमा उपस्थित नहुने सहमति भएको थियो । प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्री अम्मरबहादुर थापाको बर्खास्तीको माग राखी प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरुद्ध गर्दै आएको थियो ।

मन्त्री थापामाथिको मुद्दा न्यायालयमा विचाराधीन रहेको र यही जेठ ३० मा पेसीसमेत तोकिएको अवस्थामा सो अवधिसम्म मन्त्री थापालाई प्रदेशसभामा उपस्थिति नगराउने र बैठक नियमित गर्ने सहमति भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप