शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ

बिहीबार, २७ जेठ २०७८, १९ : ५६
बिहीबार, २७ जेठ २०७८

नेपाली काँग्रेसका नेता समेत रहेका गुण्डा नाइके गणेश लामा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।  निषेधाज्ञा उल्लंघन गरेको अरोपमा लामासहित ३ जनलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

निषेधाज्ञा उल्लंघन गरेको भनिएपनि राजनीतिक चलखेल गरेको आरोपमा लामालाई पक्राउ गरेको बुझिएको छ । स्रोतका अनुसार दीपक मनाङ्गेलाई सम्झाउन भन्दै लामा पोखरा पुगेका थिए । पोखराकै नेता खगराज अधिकारी गृहमन्त्री भएकै दिन लामा पक्राउ पर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप