शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

शुक्रबार, २८ जेठ २०७८, ११ : २६
शुक्रबार, २८ जेठ २०७८

कैलाली । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार जिल्लाको वेदकोट नगरपालिका–५ मा  स्थानीय युवतीमाथि दुईजना युवकले बलात्कार गरेको  जनाएको हो ।

बलात्कार गरेको आरोपमा वेदकोट नगरपालिका–६ का २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय  कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । 

बलात्कारमा संलग्न स्थानीय अर्का आरोपी भने फरार रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए । उनको खोजी कार्य भइरहेको थापाले बताए ।

बिहीवार नर्सरीमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले बलात्कार गरेको डिएसपी थापाले जानकारी दिए ।

राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर प्राप्त भएपछि जिल्लाबाट  खटिएको प्रहरी टोलीले आरोपी मध्येका विकलाई शुक्रबार बिहान पक्राउ गरेको थापाले बताए ।

युवतीको राति नै स्वास्थ्य परीक्षण गरिएको छ थापाले भने, “रिपोर्ट आउन बाँकी छ ।“ नर्सरीमा जंगलमा उनीहरूले मदिरा सेवन गरी  बलात्कार गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप