बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मेसी आउनेमा इन्टर मियामीका मालिक आशावादी

शुक्रबार, २८ जेठ २०७८, ११ : ४९
शुक्रबार, २८ जेठ २०७८

अमेरिकी मेजर सकर लिग क्लब इन्टर मियामीका मालिक जर्ज मासले भविष्यमा लियोनल मेसीलाई क्लबमा भित्र्याउने विश्वास व्यक्त गरेका छन् । यसै महिनाको अन्त्यमा बार्सिलोनासँग मेसीको सम्झौता सकिदैछ र क्लबले ३३ वर्षीय मेसीसँँग नयाँ सम्झौता गर्न खोजिरहेको छ ।

केही रिपोर्टमा उल्लेख भएअनुसार मेसीको थप दुई सिजन स्पेन र त्यसपछि इन्टर मियामीबाट खेल्ने गरी बार्सिलोनासँग मेसीको सम्झौता लम्बिन सक्छ । 

मेसीलाई फ्लोरिडा ल्याउने विषयमा आफु र क्लबका सह-मालिक डेभिड बेकह्यामले कुराकानी अघि बढाइरहेको मासले बताएका छन् । ‘मेसीले इन्टर मियामीको सर्टमा खेल्छन् भन्नेमा म आशावादी छु किनकी यसले हाम्रो पुस्ताका महान् खेलाडीको महानतालाई पूर्ण बनाउँछ भन्ने मलाई आशा छ । विश्वस्तरीय टिम बनाउने हाम्रो महत्वाकांक्षासँग पनि यो मिल्छ,’ मासले भनेका छन् । 

यसअघि गत वर्ष अन्तर्वार्ताका दौरान मेसीले करियरको कुनै बिन्दुमा पुगेपछि अमेरिकामा खेल्ने इच्छा रहेको बताएका थिए । 

के बार्सिलोनासँग सम्झौता हुँदैछ ?
बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाका अनुसार मेसीसँग सम्झौता थप्ने विषयमा कुराकानी चलिरहेको छ । यो संवाद राम्रोसँग अघि बढिरहेको छ, तर अहिलेसम्म कुनै सहमतिमा पुगिसकेको छैन । बार्सिलोना ३३ वर्षका मेसीलाई कति तलब दिन सकिन्छ भनेर निर्धारण गर्नका लागि अहिले बिस्तारित रुपमा आफ्नो आर्थिक प्रतिवेदन अडिट गर्दैछ । 

त्यस्तै २०२१÷२२ को सिजनमा प्रतिस्पर्धा गर्नसक्ने उत्कृष्ट टोली बार्सिलोना निर्माण गर्ने सुनिश्चितता पनि मेसीले खोजिरहेका छन् । गत सिजन ला–लिगा र च्याम्पियन्स लिगमा बार्सिलोनाको यात्रा राम्रो रहन सकेन ।

मेसीले बार्सिलोना छाडेमा पेरिस सेन्ट जर्माइन र म्यानचेस्टर सिटी उनलाई भित्र्याउने दौडमा हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप