कोरोना भ्याक्सिनले शरीर ‘चुम्बक’ बनाएको दाबी, के यस्तो सम्भव छ ?
कोरोना भ्याक्सिनको असरको विषयमा विभिन्न प्रकारका कुरा आइरहेका छन्, कतिलाई भ्याक्सिन लगाएपछि ज्वरो आउँछ, कसैलाई आउँदैन । कतिलाई अरु पनि महसुस हुन्छन्, कतिलाई केही पनि फरक लाग्दैन । तर भ्याक्सिनको असरको विषयमा भारतको नासिकका एक व्यक्तिले निकै चकित पारिदिने दाबी गरेका छन् ।
नासिकका अरविन्द सोनारका अनुसार भ्याक्सिनको दुई डोज लगाएपछि उनको शरीरले चुम्बक झैं काम गरिरहेको छ । तर जानकारले भने भ्याक्सिनेसनका कारण यस्तो हुन नसक्ने बताए ।
अरविन्द सोनारले आफ्नो दाबीको वास्तविकता व्यक्त गर्नका लागि एउटा भिडियो सोसल मिडियामा पोस्ट गरेका छन् जसमा उनको शरीरमा सिक्का र फलामका सामान टाँस्सिएको देखिएका छन् । यो भिडियो सोसल मिडियामा भाइरल भएको छ ।
उनले भने, ‘म आफ्नो छोरासँग यत्तिकै कुरा गरिरहेको थिएँ । मैले कुराकानीकै बीच एउटा यस्तो खबरबारे कुरा गरे जसले मलाई चकित बनायो । छोराले भ्याक्सिन लगाएपछि मानिसको शरीरमा स्टिलका वस्तु टाँस्सिन थाल्छन् भन्यो र होला त भनेर हेर्दा त मेरो पनि त्यस्तै भइरहेको थियो ।’
सोनारका अनसार उनले चार पाँच दिन अघि एक नीजि अस्पतालमा कोभिड भ्याक्सिनको दोस्रो डोज लिएका थिए र उनलाई कुनै प्रकारको समस्या देखिएको थिएन ।
के भन्छन् जानकार ?
अरविन्द सोनारले कोभिशिल्ड भ्याक्सिनको पहिलो डोज मार्च ९ मा लिएका थिए र दोस्रो डोज जून २ मा ।
१० वर्ष अघि उनको बायपास शल्यक्रिया भएको थियो । दुई वर्षदेखि उनको मधुमेहको उपचार चलिरहेको छ ।
जब अरविन्द सोनाको शरीरमा फलाम र स्टिलका चिज टाँस्सिन थाले तब उनले आफ्ना डाक्टरलाई यसबारे बताए ।
सोनारको दाबी कति वास्तविक हुनसक्छ, यो बुझ्नका लागि बीबीसी मराठीले अन्धश्रद्धा निर्मूलन समितिका डाक्टर हामिद दाभोलकरसँग कुराकानी गरे ।
डाक्टर दाभोलकरले भने, ‘शरीरमा सिक्का र भाँडाकुँडा टाँस्सिनु भौतिक विज्ञानको हिसाबले सम्भव छ । यदि छाला ओसिल छ र टाँस्सिनले स्थानमा भ्याक्यूम क्याभिटी बनेको खण्डमा यो सम्भव छ । तर यसलाई खोपसँग जोड्नु सही होएन । हामीसँग काम गर्ने थुप्रै मानिसहरुले यस्तो दाबीको वास्तविकतालाई उजागर गरिरसकेका छन् । ’
दाभोलकरका अनुसार खोप अभियान कोरोनाविरुद्ध महत्वपूर्ण हतियार हो । यस्तोमा यसको विषयमा कुनै पनि सनसनीखेज दाबीबाट बच्नुपर्छ ।
जेजे मेडिकल कलेजका डीन डा. तात्यारावे लहानेले पनि सोनारको दाबी खारेज गरेका छन् ।
उनले भने, ‘संसारभरी एक अर्बभन्दा मानिसलाई भ्याक्सिन दिइसकिएको छ । कोभिड भ्याक्सिन र शरीरमा स्टिल र फलामका सामान टाँस्सिनुमा कुनै सम्बन्ध छैन । यसलाई भ्याक्सिनसँग जोडेर हेरिनु हुँदैन । भ्याक्सिनमा त्यस्तो कुनै पनि चिज हुँदैन ।’
दाबीको अनुसन्धान हुनेछः
नासिकका जिल्ला चिकित्साधिकारी डा. अशोक थोराटले बीबीसीसँगको कुराकानीमा यसबारे आफूलाई सोसल मिडियामार्फत् जानकारी भएको बताए ।
उनले भने, ‘हामी यसबारे अनुसन्धानका लागि विशेषज्ञ दल पठाइरहेका छौं । त्यसपछि सरकारलाई आफ्नो रिपोर्ट दिनेछौं । त्यसपछि सरकारी निर्देशनका अनुसार यसलाई हेरिनेछ ।’
अशोक थोराटले कोरोना भ्याक्सिनले यस्तो प्रकारको कुरा हुनै नसक्ने बताए ।
उनले भने, ‘हालसम्मको मेडिकल करियरमा यस्तो केस कहिले पनि देखिएको थिएन । सोनारको शरीरमा आएको यो परिवर्तनबारे थाहा पाउन महत्वपूर्ण छ । यो एक अनुसन्धानको विषय हो ।’
हुन त सोनारको दाबी सार्वजनिक भएपछि इन्डियन मेडिकल असोसिएशनका सदस्य समिर चन्द्रारातेले कुनै व्यक्तिको शरीरबाट धातु टाँस्सिनुको अध्ययन धातु वैज्ञानिकले पनि गर्नुपर्ने बताएका छन् ।
समिर चन्द्रारातेले भने, ‘यसको कोभिड भ्याक्सिनसँग कुनै लेनादेना छैन । भ्याक्सिन लिएपछि दुखाई ज्वरो आउन सक्ला । यसबाहेक यस्ता कुरा हुन्छन् भने यसलाई भ्याक्सिनसँग जोड्न मिल्दैन । यस्ता अफवाहले खोप अभियान प्रभावित हुनेछन् । भौतिक वैज्ञानिक र धातु वैज्ञानिकले यस्ता मानिसहरुको शरीरमा धातुजन्य पदार्थ कसरी टाँस्सिन्छन् भनेर अध्ययन गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित