केन्द्रीय संस्करण

विश्वको महङ्गो जेल, जहाँ हरेक कैदीको खर्च करोडभन्दा माथि छ !

person explore access_timeजेठ २८, २०७८ chat_bubble_outline0
सांकेतिक तस्बिर

जेलको नाम सुन्नासाथ मनमा धेरै खाले विचार र चिन्ता आउँछ । त्यहाँको सुरक्षा, कैदीहरूको खानपिनको व्यवस्था कस्तो होला भनेर मानिसहरु सोच्छन् । तर, क्युबामा अमेरिकाले बनाएको एक जेलका विषयमा चिन्ता लिनुपर्ने केही छैन । 
त्यहाँ एक कैदीकै लागि करोडौं रुपैयाँ खर्च हुन्छ । त्यहीकारण यसलाई विश्वकै सबैभन्दा महङ्गो जेल मानिएको छ । यस जेलको नाम ग्वान्टानामो बे जेल हो । यो, ग्वान्टानामोको खाडीको तटमा रहेको छ । अमेरिका पत्रिका न्युर्योक टाइम्सका अनुसार यस जेलमा अहिले ४० कैदी छन् । यस जेलमा झन्डै १८ सय सैनिक तैनाथ छन् । अर्थात्, एक कैदी बराबर झन्डै ४५ सैनिकको नियुक्ती छ । 

जेलको सुरक्षार्थ खटिएका सैनिकका लागि हरेक वर्ष ६ हजार करोड नेपाली रुपैयाँभन्दा धेरै खर्च हुन्छ । यहाँ कैदीहरूलाई विशेष सुरक्षा दिनको पनि कारण छ । यहाँ त्यस्ता कैदीहरूलाई राखिएको छ, जो विशेष खतरनाक छन् । मिडिया रिपोर्टर्स  अनुसार सेप्टेम्बर ११ को आक्रमणका योजनाकार मानिएका खादि शेख मोहम्मद पनि यसै जेलमा कैद छन् । 

यस जेलमा तीन भवन, दुईवटा जासूसी केन्द्र  र तीन अस्पताल छन् । त्यस्तै, यहाँ वकिलका लागि पनि अलग–अलग कम्पाउन्ड बनाइएको छ । जहाँ कैदी उनीहरुसँग कुराकानी गर्न सक्छन् । त्यस्तै यहाँ स्टाफ कैदीहरुका लागि सिनेमा घर र चर्चको पनि व्यवस्था छ ।

अन्य कैदीहरूका लागि जिम हल र प्ले स्टेशन पनि बनाइएको छ । पहिले ग्वान्टानामो अमेरिकी जलसेनाको अड्डा थियो, त्यसको केही समयपछि यसलाई हिरासत केन्द्र बनाइयो । अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले आतंककारी राख्नका लागि यहाँ खडा गरेको कम्पाउन्डलाई एक्स–रे नाम दिइएको थियो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.