दुई हजार जरिवाना तिरेर गणेश लामा रिहा
गुण्डा भनेर चिनिने काँग्रेस निकट युवा गणेश लामा दुई हजार जरिवाना तिरेर छुटेका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारीले उनलाई दुई हजार जरिवाना लिएर रिहा गर्न आदेश गरेका हुन् ।
बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पोखराको लेक साइड स्थित खहरेबाट पक्राउ गरेको थियो । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको कास्कीका एसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए । लामासँगै पक्राउ परेका चन्द्र लामा र दिपक खड्का पनि जनही दुई हजार जरिवाना तिरेर छुटेका छन् ।
पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिनुअघि सांसद दिपक मनाङे हराएपछि बिहीबार प्रहरीले उनको घरमा पुगेर सोधपुछ गरेको थियो । सम्पर्क बिहिन भनेर सूचना आएपछि खोज्नका लागी प्रहरी घरमा गएको कास्कीका एसपी श्रेष्ठले बताए । गणेश लामाको पहलमा गण्डकी प्रदेश सभामा मनाङे भोट हाल्न नगएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान