बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारद्वारा पशुपंक्षीबाट मानिसमा सर्ने १० रोगको प्राथमिकिकरण

शुक्रबार, २८ जेठ २०७८, १५ : ५६
शुक्रबार, २८ जेठ २०७८

सरकारले पशुपंक्षीबाट मानिसमा सर्ने रोगहरूलाई प्राथमिकिकरण गरेको छ । पशुपंक्षीबाट मानिसमा सर्ने १० वटा रोगलाई प्राथमिकताका आधारमा जुनोटिक सूचीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको हो । प्रथम जुनेटिक रोगहरुको प्राथमिकिकरण राष्ट्रिय कार्यशाला गोष्ठिले १० वटा रोगलाई जुनोटिक रोगमा समावेश गरेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । 

सिजनल इन्फ्लुएन्जा, रेबिज, कोरोनाभाइरस, ब्रुसेलोसिस,सालमोनेलोसिस÷लेस्मिनियासिस, जुनोटिक क्षय रोग, सिस्टिकर्सोसिस/हाइडाटिडोसिस र टोक्जोप्लास्मोसिस रोगहरुलाई जुनोटिक रोगको प्राथमिकतामा राखिएको डा. पौडेलले जानकारी दिए । सरकारले यस अघिपनि ६ वटा जुनोटिक रोग प्राथमिकिकरण गरेको छ । वर्षेनी जुनोटीक रोगका कारण विश्वमा १ करोड मानिस बिरामी पर्छन भने १० लाखको मृत्यु हुने गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप