शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्लोर क्रस गरेका सांसदको पुनर्बहालीबारे कँडेलले भने– दलको ह्वीप मान्नुपर्ने हुन्छ

शुक्रबार, २८ जेठ २०७८, १५ : ५९
शुक्रबार, २८ जेठ २०७८

प्रमुख प्रतिपक्ष दल एमालेका नेता यामलाल कँडेलले कर्णाली प्रदेशसभाका सदस्यलाई मन लागेको ठाउँमा बस्न पाउने दलीय व्यवस्था नभएको बताएका छन् ।  प्रदेशसभाको आठौं अधिवेशनको पाचौं बैठकमा बोल्दै नेता कँडेलले संसदमा सहभागी सदस्यले दलको ह्वीप बमोजिमको आचरणमा बस्नुपर्ने बताएका हुन् ।

‘संसदमा एमाले दुइटा छैन र हुँदैन । मन लागेको ठाउँमा बस्न पाउने दलीय व्यवस्था छैन्’ नेता कँडेलले भने, ‘त्यो अभ्यास शोभनीय छैन् । अदालतको फैसलाले पुनर्बहाली गरिसकेपछि दलको ह्वीप मान्नुपर्ने हुन्छ । सोही बमोजिमको आचरणमा बस्नुपर्ने हुन्छ ।’

दलको ह्वीप उलंघन गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन एमाले माधव पक्षका प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरी विश्वासको मत दिएका थिए । जसमध्ये थापा, शाही र ज्वाला मन्त्री प्रदेश सरकारको मन्त्री पदमा नियुक्त भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप