प्रदेशमा रहेका केपी ओलीका सरकार ढल्दै जान्छन् : उपेन्द्र यादव
शुक्रबार, २८ जेठ २०७८, १८ : ०३
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशमा रहेका एमालेका सरकार ढल्दै जाने बताएका छन् । शुक्रबार सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यादवले ओलीले नेतृत्व गरेका सरकारहरु ढल्दै जाने उल्लेख गरेका हुन् ।
सभामुख सापकोटासँगको छलफलको निचोड लोकतन्त्रलाई बचाउने रहेको उनको भनाई छ । यादवले नागरिकता विधेयक संसदबाट पास गराएर नागरिकताबाट बञ्चित भएकाहरुलाई नागरिकता दिनुपर्ने उल्लेख गरे । जसपा फुटको बारेमा गरिएको प्रश्नमा उनले पार्टी फुटेको नभई केहीले बाटो बिराएर गएको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
-
विपिन जोशीकाे रिहाका लागि पहल गर्ने कतारी राजाको प्रतिवद्धता
-
नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापनाको घोषणा
-
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
-
विभिन्न स्थानमा तीन जना मृत फेला