मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नरोत्तम वैद्य भन्छन्, ‘ओली प्रवृत्तिबाट आजित भएर आवेगमा आएँछु के !’​

‘म त अहिंसावादी, ओलीलाई सशरीर सिध्याउँछु भनेको होइन’
शनिबार, २९ जेठ २०७८, ११ : २८
शनिबार, २९ जेठ २०७८

नेपाली काँग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले बागमती प्रदेश सभामा बोल्दै प्रधानमन्त्री केपी ओली विरुद्ध नाथुराम गोड्से हुन तयार रहेको अभिव्यक्तिलाई लिएर राजनीति तरङ्गित बनेको छ । शुक्रबार बागमती प्रदेश सभाको बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए । नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए । यसै विषयमा वैद्यसँग गरिएको कुराकानीको सम्पादित अंश: 

प्रधानमन्त्रीको पद टिकाउनका लागि जस्तोसुकै हतकण्डा गर्न लाग्नुभयो । त्यो कुरासँग मेरो आपत्ति हो । उहाँ प्रधानमन्त्री नै रहिरहने हो भने राष्ट्रियतालाई धेरै ठूलो खतरा भयो । देशकै लागि धेरै ठूलो खतरा भयो । उहाँलाई कुनै पनि हिसाबले प्रधानमन्त्रीबाट बिदा गर्नुपर्यो भन्ने मेरो आशय हो ।

तपाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिएर ‘नाथुराम गोड्से’ बन्छु भनेर किन धम्की दिनुभयो ?

मैले खड्गप्रसाद ओलीलाई व्यक्तिगत रुपमा सशरीर सिध्याउनुपर्छ भनेको होइन, मेरो आसय त्यो होइन । तर उहाँको प्रवृति सिध्याउनुपर्यो भनेको हुँ । प्रधानमन्त्री पद टिकाउन जे पनि गर्न थाल्नुभयो, जे कुरामा पनि सम्झौता गर्न जान थाल्नुभयो । नागरिकता अध्यादेश ल्याइयो, संविधान संशोधनका लागि कार्यदल बनाइयो, आफ्नो पार्टीकै मान्छेलाई पाखा लगाएर मधेशका साथीहरुलाई मन्त्री बनाउनुभयो । प्रधानमन्त्रीको पद टिकाउनका लागि जस्तोसुकै हतकण्डा गर्न लाग्नुभयो । त्यो कुरासँग मेरो आपत्ति हो । उहाँ प्रधानमन्त्री नै रहिरहने हो भने राष्ट्रियतालाई धेरै ठूलो खतरा भयो । देशकै लागि धेरै ठूलो खतरा भयो । उहाँलाई कुनै पनि हिसाबले प्रधानमन्त्रीबाट बिदा गर्नुपर्यो भन्ने मेरो आशय हो ।

प्रधानमन्त्री ओलीमाथि ‘भौतिक आक्रमण गर्नुपर्छ वा म आफै गर्छु’ भनेको होइन भन्ने तपाईंको दाबी हो त्यसो भए ?

– क्लियर कट कुरा । मैले भने नि म त अहिंसावादी हो । म महात्मा गान्धीबाट असाध्य प्रभावित । म वचनले पनि अर्काको हिंसा होस् भन्ने चाहन्न । मैले बोल्दा कसलाई चित्त दुख्यो भने त रातभरि सुत्न सक्दिनँ । तर खड्ग ओलीको प्रवृतिबाट म आजित भएर आवेगमा आएछु के ! उहाँले आफूलाई परिमार्जित नगर्ने हो भने यो देश गयो ।

महात्मा गान्धीको हत्याको कुरालाई मिथक बनाउनु भएको छ । यसलाई कसरी सच्याउनु हुन्छ ?

– महात्मा गान्धीलाई मार्नुभन्दा अगाडि नाथुराम गोड्सेले गान्धीलाई असाध्यै श्रद्धा गर्नुहुन्थ्यो । गान्धीलाई नाथुराम गोड्सेले ढोग्नुहुन्थ्यो । महात्मा गान्धीलाई गोली हान्दा पनि  नमस्कार गरेर मात्र गोली हाने । तर नाथुराम गोड्सेको भनाइ के थियो भन्दा  गान्धी केही समय बाँची राखे भने भारतलाई अझै दुई÷तीन टुक्रा बनाउनेछन् । त्यसबाट मुलुकलाई बचाउनु पर्यो भनेर गोली हानेको देखिन्छ । देश बचाउनका लागि गोली हान्नु भयो भन्ने मेरो आशय थियो । अहिलेको परिपेक्षमा पनि ओली प्रवृत्ति देशमा बचिराख्यो भने यसले देश बेच्छ । यो प्रवृत्तिले आफूलाई प्रधानमन्त्रीमा टिकाइराख्न जे सुकै सम्झौता गर्छ । त्यसैले प्रधानमन्त्री खड्ग ओलीजीलाई बिदाइ गर्नुपर्यो । नत्र देशमा अनर्थ हुन्छ ।

म व्यक्तिगत रुपमा अहिंसावादी हुँ ।

तपाईंको यो अभिव्यक्तिपछि एमालेका ओली पक्षीय कार्यकर्ताले कानुनी र भौतिक कारबाहीको चेतावनी दिइराख्नुभएको छ नि ?

संविधान धारा १८७ को अधिनमा रही प्रदेशसभामा पूर्ण वाक स्वतन्त्रताको प्रयोग गर्न पाइने व्यवस्था छ । त्यसले प्रदेशसभा सदस्यलाई पूर्ण स्वतन्त्रताको सुविधा दिएको छ । मैले त्यो पूर्ण वाक स्वतन्त्रालाई सदुपयोग गरेको हुँ । प्रदेशसभामा व्यक्त गरेको कुनै कुरा, वा बाझिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा निज उपस कुनै पनि अदालतमा कारबाही गरिने चलन छैन ।

प्रदेशसभामा पूर्ण वाक स्वतन्त्रता हुन्छ । त्यस मुताविक आफ्नो मनमा लागेको कुरा मैले व्यक्त गरेको हो । म व्यक्तिगत रुपमा अहिंसावादी हुँ ।

काँग्रेसले नै तपाईंलाई आफ्नो अभिव्यक्तिमाथि आत्मालोचना गर्न निर्देशन दिएको छ । आत्मालोचना गर्नु हुन्छ कि हुँदैन ?

– खड्ग ओलीको प्रवृतिको सन्दर्भमा जे बोलेको छु । त्यसमा आत्मालोचना गर्न आवश्यक छैन । तर जुन नाथुराम गोड्सेसँग जोडेर गरिएको भौतिक कारबाहीको कुरामा म आत्मालोचना गर्छु । नाथुराम गोड्से बन्न कोही तयार नभए म बन्न तयार छु भन्ने अभिव्यक्तिमा आत्मालोचनासहित शब्द फिर्ता पनि लिन्छु । तर मैले खड्ग ओलीलाई सशरीर सिध्याउँछु भनेको होइन ।

त्यस कुरामा मैले आत्मालोचना गर्छु । त्यसलाई मैले परिमार्जनका साथ प्रस्तुत गर्छ । आज मैले प्रदेशसभामै आफ्नो शब्द फिर्ता लिएर आत्मालोचनाका लागि सभामुखसँग समय पनि मागेको छु ।

तर तपाईंलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरी पक्राउ गर्न माग उठिरहेको छ । के भन्नु हुन्छ ?

मैले अघि भने पनि संविधानको धारा १८७ कोमा पूर्ण वाक स्वतन्त्रताको कुरा प्रष्ट छ । साथीहरुलाई म त्यो हेर्न आग्रह गर्छु ।

तपाईं वाक स्वतन्त्राको कुरा गर्नु हुन्छ । गत वर्ष संघीय संसदमा विवादित अभिव्यक्ति दिएपछि जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीको पद गएको थियो नि !

– मैले देश टुक्र्याउनु पर्यो त भनेको होइन नि । सरिता गिरीले त देशै टुक्र्याउनु जस्तो कुरा गर्नुभएको थियो । त्यसैले उहाँको पार्टीले उहाँलाई कारबाही गरेको थियो ।

यो अभिव्यक्तिका कारण काँग्रेसले कारबाही गर्दैन भन्नेमा ढुक्क हुनुहुन्छ त्यसो भए ?

पार्टीले आत्मालोचना गर्नुपर्छ । वाक स्वतन्त्रता र अराजकतासँगै जान सक्दैन भन्ने कुरा छ । त्यस कुरामा मैले आत्मालोचना गर्छु । त्यसलाई मैले परिमार्जनका साथ प्रस्तुत गर्छ । आज मैले प्रदेशसभामै आफ्नो शब्द फिर्ता लिएर आत्मालोचनाका लागि सभामुखसँग समय पनि मागेको छु ।

बागमती प्रदेश संसदीय दलले तपाईंको अभिव्यक्तिलाई कसरी हेरेको छ ?

संसदीय दलका नेता इन्द्र बानियाँजीसँग कुरा भएको छ । उहाँले नाथुराम गोड्सेको कुरामा सम्बन्धमा आत्मालोचना गर्नुस् भन्नुभयो । मैले हुन्छ भनेको छु । म त्यो गर्छु । त्यसमा म अतिवादी भएको, अलिकति भावनामा वहकीयको देखिन्छ । त्यो सही हो । त्यो कुरा फिर्ता लिएर आत्मालोचना गर्छु ।

तपाईंको अभिव्यक्तिमाथि भइरहेको विरोधप्रति अन्तिमा के भन्नुहुन्छ ?

आलोचना र टीकाटिप्पणीका सकारात्मक कुरालाई आत्मासाथ गर्छु । नकारात्मक कुराप्रति मेरो भन्नु केही छैन । मेरो कमी कमजोरीलाई इंगित गर्छ भने स्वीकार्छु, सच्याउँछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप