शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंकको ५ लाख रकम सहयोग

आइतबार, ३० जेठ २०७८, १३ : १६
आइतबार, ३० जेठ २०७८

काठमाडौं । नागरिक केयर सेन्टर विराटनगरलाई एभरेष्ट बैंक लिमिटेडले ५ लाख सहयोग रकम उपलब्ध गराएको छ ।

कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको हो । 

उक्त रकमको चेक बैंकका क्षेत्रीय प्रबन्धक पूर्ण बहादुर श्रेष्ठले नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजू मार्फत हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप