शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश : सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

आइतबार, ३० जेठ २०७८, २० : ०५
आइतबार, ३० जेठ २०७८

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सुदूरपश्चिम प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्ष ०७८–७९ का लागि ल्याइएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरेका हुन् ।

सभामुख थापाले भने –‘हुन्छ भन्ने संख्याभन्दा हुन्न भन्ने संख्या न्यून देखिएकोले आर्थिक वर्ष २०७८–७९ को वार्षिक नीति बहुमतले पारित भएको घोषणा गर्दछु ।’   नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्ष र नेकपा माओवादीका प्रदेशसभा सदस्यहरु नीति तथा कार्यक्रम पारित गर्नुपर्ने पक्षमा थिए भने नेकपा एमालेकै केपी शर्मा ओली पक्षका प्रदेशसभा सदस्यहरु विपक्षमा थिए । नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरु तटस्थ बसेका थिए । बैठकमा जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरु अनुपस्थिति रहे ।

नीति तथा कार्यक्रम घोषणा गर्नुअघि मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । यसअघि आइतबार बिहान एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । गत बिहीबार प्रदेश प्रमुख गंगाप्रसाद यादवले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सुदूरपश्चिम प्रदेशमा एमाले माधव नेपाल पक्ष र माओवादी केन्द्रको सयुक्त सरकार छ । नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुला भएको छ । प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप