शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

लचिलो बन्दै नेपाल पक्ष, ओलीमाथि दबाब

सोमबार, ३१ जेठ २०७८, ०७ : ३९
सोमबार, ३१ जेठ २०७८

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ । 

नेपाल पक्षले एकताका लागि ओलीमाथि दबाब पनि बढाएको छ । ओलीलाई दबाब दिने रणनीति स्वरुप नेपाल पक्षले प्रदेश १ र बागमती प्रदेश सरकारलाई नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने भएको छ । 

विभाजनको डिलमा पुगेको एमालेलाई बचाउन नेपाल पक्षले २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने अडान कायम राखेरै ओली पक्षमाथि रणनीतिक दबाब सिर्जना गर्न थालेको हो । नेपाल समूहको सहयोगबिना प्रदेश सरकार ढल्ने अवस्थामा पुगेको र ओली पक्ष चारैतिरबाट घेराबन्दीमा परिरहेका बेला नेपाल पक्षले गण्डकी प्रदेशमा पनि साथ दिएको थियो, बागमती प्रदेशमा पनि साथ दिने निर्णय गरिसकेको छ । 

यो समाचार आजको नागरिक दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप