नाजिरलाई चिन्ता, 'सबै फिल्म एकसाथ सुरु भए के गर्ने ?'
पछिल्लो समय म्यूजिक भिडियो र फिल्ममा बराबरा देखिने केही कलाकार छन् । ति मध्यका एक अभिनेता नाजिर हुसेन पनि हुन् । हुसेनको अभिनय रहेको थुप्रै म्युजिक भिडियो समेत हिट छन् । त्यसैले पनि उनी फिल्म अभिनयबाट बचेको समय खाली बस्नु परेको छैन ।
फिल्म अभिनयमा पनि उनलाई बाक्लै देख्न सकिन्छ । तर उनी सोलो हिरोको रुपमा भने कमै देखिने गरेका छन् । पछिल्लो समय पनि नाजिरले ३ वटा फिल्म साइन गरेका छन् । ती तिनै वटा फिल्मको छायाँंकन कोरोना लगायत बिभिन्न कारणले सुरु हुन सकेको छैन ।
तीन फिल्म मध्य पहिलो दिवाकर भट्टराईको निर्देशन रहने ‘तिमीसँग हुने मन छ’ हो । यसको छायाँंकन गत बैशाख बाटै सुरु हुने तयारी थियो । कोरोना संक्रमितको संख्या बढेपछि यसको काम अगाडि बढ्न सकेन । फिल्ममा उनको जोडीको रुपमा दीपिका प्रसाई देखिनेछिन् ।
फिल्म ‘चिलगाडी’ उनले साइन गरेको दोस्रो फिल्म हो । रंग पत्रकार रघुनाथ सापकोटाले निर्माण गर्न लागेको फिल्मको अन्य टिम फाइनल हुन बाँकी रहेको छ । कोरोना कहर नभएको सायद फिल्म छायाँकन भइसक्ने थियो होला । माहोल सहज हुने बितिकै फिल्म गर्ने तयारीमा अहिले निर्माण युनिट छ ।
त्यस्तै निर्माता सन्तोष सेनले अब बनाउने फिल्म ‘हुतुतु’ पनि नाजिर आवद्ध भएका छन् । फिल्मको काम पनि अहिले सुरु हुन्थ्यो होला । तर कोरोनाको कारण सेनको यस अगाडिको फिल्म ‘प्रेम गीत ३’ रिलिज अन्योल भएकोले अगाडि बढ्न सकेको छैन । ढिलोचाडो यो फिल्म पनि सुरु भने अवस्य हुनेछ ।
बिभिन्न कारणले सुरु हुन नसकेको तीन फिल्म अहिले नजिरका हातमा छन् । कोरोना कहर पछि भने सबै फिल्म ढिलोचाडो बन्ने छन् । ति सबै फिल्मको छायाँकन फरक फरक समय हुन्छ वा एउटै समय । अहिले भन्न सकिन्न । फरक समय भए त सहजै हुनेछ । एकसाथ सुरु भए के गर्ने ? यहि नाजिरको चिन्ताको बिषय हो ।
म्युजिक भिडियो अहिले पनि फाट्टफुट्ट उनले गरिरहेका छन् । फिल्म छायाँकनमा ब्यस्त नभएसम्म म्युजिक भिडियो पनि अभिनय गरिरहने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै