बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेनविरुद्ध स्वीडेन : यी हुन् हेर्न लायक खेलाडी

सोमबार, ३१ जेठ २०७८, १४ : ०२
सोमबार, ३१ जेठ २०७८

युरो कप फुटबलमा आज स्पेनले स्वीडेनको सामना गर्दैछ । दुई युवा पेडरी र अलेक्यान्द्रर ईसकका लागि यो पहिलो ठूलो प्रतियोगिता हो  । यसैले उनीहरु निकै उत्साहित छन् । राष्ट्रिय टोलीबाट कम खेल खेले पनि यी दुबै खेलाडीहरु क्लबस्तरमा उत्कृष्ट प्रदर्शन गरेको अनुभव र उर्जा छ । 

पेडरी 
पेडरी केवल १८ वर्षका भए । तर, यी स्पेनिस मिडफिल्डर व्यवसायिक फुटबलमा स्टार बनिसकेका छन् । उनले पछिल्ला दुई सिजन बार्सिलोनाबाट निकै उत्कृष्ट खेलिरहेका छन् । उनी स्वतन्त्र ढंगले खेल्छन् र मध्यभाग ओगट्छन् ।

आवश्यकता पर्दा उनी बल लिनका लागि डिफेन्समा पनि जान सक्छन् र आक्रमणका लागि सहकर्मीहरुलाई बल उपलब्ध गराइदिन्छन् । त्यहीकारण कतिपय समर्थकहरुले उनलाई स्पेनका पूर्व स्टार आन्द्रेस इनिस्टासँग पनि तुलना गर्ने गरेका छन् । पेडरी स्पेनका आशा गरिएका प्रतिभा हुन् । र, उनी आफ्नो पहिलो ठूलो प्रतियोगितामा उच्चस्तरको प्रदर्शन गर्नका लागि तयार भएर बसेका छन् । 

अलेक्यान्द्रर ईसक 

ईसक वर्तमान स्विडिस टोलीका स्टार खेलाडी हुन्  । उनले यस सिजन रोयल सोसिडाडका लागि १७ गोल गरेका थिए । उनले स्वीडेनबाट २२ खेलमा ६ गोल गरिसकेका छन् र जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो गोल संख्या बढाउन सक्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप