शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी विनिमयको सञ्चिति घट्यो, नेपालसँग अब  १३ खर्ब ९० अर्ब विदेशी विनिमय

सोमबार, ३१ जेठ २०७८, १७ : ११
सोमबार, ३१ जेठ २०७८

विदेशी विनिमय सञ्चितीमा कमी आएको छ । असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.८ प्रतिशतले घटेर बैशाख मसान्तसम्म .१३ खर्ब ९० अर्ब ८४ करोड कायम भएको छ । 
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितीको मासिक प्रतिवेदनले विदेशी विनिमय सञ्चिति घटेको देखाएको हो । 

अमेरिकी डलरमा यस्तो सञ्चिति बैशाख मसान्तमा १.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ८७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति बैशाख मसान्तमा ०.५ प्रतिशतले कमी आई १२ खर्ब १९ अर्ब ८१ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैँकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति बैशाख मसान्तमा २.७ प्रतिशतले कमी आई १ खर्ब ७१ अर्ब ३ करोड कायम भएको छ ।  बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप