बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ : प्रदेशसभा नियमावली संशोधनका लागि मस्यौदा समिति गठन

सोमबार, ३१ जेठ २०७८, १८ : ०४
सोमबार, ३१ जेठ २०७८

प्रदेश २ को प्रदेशसभा नियमावली संशोधनका लागि मस्यौदा समिति गठन गरिएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले नियमावली संशोधन मस्यौदा समिति गठन गरेको हो । समितिमा प्रदेशसभा सदस्यहरु रामअशिष यादव, रामकुमार यादव, शिवचन्द्र चौधरी, सावित्रीदेवी साह र सुन्दरबहादुर विश्वकर्मा छन् ।

समितिले नेपालको संविधान २०७२ को धारा १९३, १९४ र १९५ बमोजिमको कार्यक्षेत्र व्यवस्थित गर्ने, नियमावलीलाई समयानुकूल बनाउने, प्रदेशसभा र सचिवालयलाई व्यवस्थित एवं प्रभावकारी बनाउने काम गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा सभामुख सरोज कुमार यादवले अर्थ मन्त्रालयबाट आर्थिक वर्ष २०७८÷७९ को राजश्व तथा व्ययको अनुमान सम्बन्धी प्राप्त भएको पत्र पढेर सुनाएका थिए ।

प्रदेश सरकारले राजश्व तथा व्ययको अनुमानसँगै विनियोजन विधेयक, अर्थ विधेयक, बजेट वक्तव्य तयार गरी प्रदेशसभामा प्रस्तुत गर्न असार १ गते दिउँसो ४ बजे प्रदेशसभामा बजेट पेस गर्न आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरेको हो । सोही बमोजिम बजेट प्रस्तुत गर्नका लागि मंगलबार दिनको ४ बजेको समय निर्धारण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप