शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘किर्ते’ सवारी पास बोकेर हिँड्ने २ जना ललितपुरबाट पक्राउ

सोमबार, ३१ जेठ २०७८, १८ : ३८
सोमबार, ३१ जेठ २०७८

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा छल्नका लागी ‘किर्ते’ सवारी पास बनाएर हिँड्ने दुईजनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासलाई किर्ते गरेर सवारी चलाउने खोटाङ घर भएका दिनेश गुरुङ र अमर गुरुङलाई पक्राउ गरिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

अमर गुरुङले चलाएको बा.८१ प. ७९३ नम्बरको मोटरसाइकल र दिनेशले चलाएको प्रदेश–१–०२–९०४०प ८६११ नम्बरको मोटरसाइकलको सवारी पासको सिरियल नम्बर समान रहेको फेला परेपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । ललितपुर महानगरपालिका–१३ स्थित एकान्तकुनामा चेकजाँच गर्दा पक्राउ परेका उनिहरुलाई प्रहरीले लिखत सम्बन्धी कसुर ‘किर्ते’ मुद्दा चलाएको छ । 

२३ वर्षीय दिनेश र २८ वर्षीय अमरलाई जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी बज्राचार्यले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप