मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरी र सर्लाहीमा पनि एक साता थपियो निषेधाज्ञा

सोमबार, ३१ जेठ २०७८, १९ : १४
सोमबार, ३१ जेठ २०७८

प्रदेश नम्बर २ का महोत्तरी र सर्लाहीमा पनि पुनः एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । सोमबार जिल्ला कोभिड व्यवस्थापन समिति महोत्तरीमा बसेको बैठकले असार ७ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

महोत्तरीमा वैशाख २२ देखि निषेधाज्ञा लगाइएको छ भने निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटी पार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायतका बन्द रहने जनाइएको छ ।

त्यस्तै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सर्लाहीले समेत एक साता निषेधाज्ञाका लागि निषेधाज्ञा थप गरिएको जनाएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जिल्लामा कोभिड संक्रमणको जोखिमको अवस्था समीक्षा गर्दा कोभिड संक्रमण र मृत्युदर पूर्ण नियन्त्रणमा नआएकोले  असार ७ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप