बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्दै आईएमई लाइफको साधारण सभा सम्पन्न

सोमबार, ३१ जेठ २०७८, १९ : १४
सोमबार, ३१ जेठ २०७८

काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्र दर्ता गरी शेयर प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीको आज सम्पन्न तेस्रो वार्षिक साधारण सभाले उक्त विशेष प्रस्ताव पारित गरेको हो । साथै कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने कार्य पनि गरेको छ । सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने लगायतका अन्य प्रस्ताव पनि सभाले पारित गरेको छ ।

सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको अध्यक्षतामा सम्पन्न सभाले सामान्य प्रस्तावतर्फ आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने लगायतका अन्य कार्य गरेको छ ।

सभामा बोल्दै अध्यक्ष डा.अर्यालले बीमा व्यवसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पहुँच न्यून भन्दा न्यून आयस्रोत भएका समूहमा समेत पु¥याउन कटिबद्ध रहेको प्रतिबद्धता जनाए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप