बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नक्कली ‘डिएसपी’ पक्राउ

सोमबार, ३१ जेठ २०७८, १९ : २२
सोमबार, ३१ जेठ २०७८

आफुलाई प्रहरी नायव उपरिक्षक (डिएसपी) बताउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना उर्फ डा. एसके ढुंगानालाई पक्राउ गरेको महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए । 

ढुंगानाले सामाजिक सञ्जाल फेसबुक प्रोफाइलमा नेपाल प्रहरीको डीएसपीको युनिफर्म लगाएको फोटो राखेका छन् । सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरी र नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्रको ‘डिएसपी हुँ’ भन्दै हिँड्ने ढुंगानाले आफु प्राविधिक प्रहरी कर्मचारी ‘डाक्टर हुँ’ भन्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

ढुंगानालाई तारकेश्वरस्थित भिक्टोरीया फार्मेसीबाट प्रहरीले पक्राउ गरेको हो । सो फार्मेसी उनले नै सञ्चालन गरेको खुलेको छ । तर, पक्राउ परेपछि उनले सो फार्मेसी आफ्नो नभएको प्रहरीलाई बताएका छन् । उनीसँग चिकित्सकमा हुनुपर्ने योग्यता नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । 

ढुंगानाविरुद्ध ठगी उद्योग र आफुले नपाएको ओहोदा पाएको भन्न नमिल्ने कसुरमा अनुसन्धान भइरहेको एसएसपी खापुङले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप