बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा असार ७ गतेसम्म थपियो निषेधाज्ञा

सोमबार, ३१ जेठ २०७८, १९ : ४०
सोमबार, ३१ जेठ २०७८

गुल्मीमा छैठौं पटक असार ७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ ।  आज राती १२ बजे देखि  असार ७ गते सोमबार  राती १२ बजे सम्मका लागि निषेधाज्ञा  थप गरिएको  प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

थापिएको निषेधाज्ञालाई भने केहि खुकुलो बनाइएको  छ । जारी सूचनाअनुसार बैङ्क, वित्तिय संस्था एवं सहकारी संस्था बिहान ७ बजेदेखि ११ बजेसम्म खोल्न पाइने भएको छ । त्यस्तै अत्यावश्यक दैनिक उपभोगका सामग्री पेट्रोलियम पदार्थ, दुध, पानी, ग्याँस, खाद्यान्न, फलफुल, तरकारी, माछा, मासु, पशुपन्छीका दाना, निर्माण सामाग्री, स्टेशनरी तथा पुस्तक पसल बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइने जनाइएको छ ।

त्यस्तै स्वास्थ सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, भेटनेरी, एग्रोभेट, दमकल दैनिक रुपमा सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ । त्यस्तै  भिषा देखाएमा विमानस्थलसम्म जान पाइने नियम समेत बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप